Sagun Khabar
बैतडीमा नयाँ डिएसपी मिश्र हाजिर 

बैतडी–जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्र हाजिर भएका छन् । 

धादिङबाट बैतडी सरुवा भएका मिश्र सोमबार कार्यालयमा हाजिर भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए । प्रहरी नायब उपरीक्षक मिश्रलाई जिल्ला प्रहरी कार्यालयमा स्वागत समेत गरिएको छ । 

Atrya hospital

यसअघि बैतडीका डिएसपी दिपक गिरीको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अपराध अनुसन्धान तथा अभियोजन शाखामा सरुवा भएको थियो । गिरीको ठाउँमा मिश्र बैतडीको नयाँ प्रहरीको प्रमुखको रुपमा हाजिर भएका हुन् । 

सोमबारमात्रै हाजिर भएका प्रहरी नायब उपरीक्षक मिश्रले आज जेष्ठ नागरिकहरुसंग छलफल गरेका छन् । मंगलबार अन्तर्राष्ट्रिय नागरिक दिवस समेत परेकाले उनीहरुसंग छलफल गरिएको प्रहरी निरीक्षक ढुंगानाले बताए । 

छलफलका क्रममा जेष्ठ नागरिक विरुद्ध हुने अपराध नियन्त्रणका लागि प्रहरीले सक्रिय भूमिका खेल्ने प्रहरी नायब उपरीक्षक मिश्रले दाबी गरे । 
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update