Sagun Khabar
बैतडीका एक युवकको भारतमा मृत्यु 

बैतडी–बैतडी घर भएका एक युवकको भारतमा मृत्यु भएको छ । जिल्लाको दशरथथचन्द नगरपालिका–१ गुरुखोला बन्तड घर भएका २६ बर्षीय दिनेश भट्टको मृत्यु भएको हो । 

रोजगारीको सिलसिलामा भारतको चेन्नइमा रहेका भट्टको गाडीले ठक्कर दिँदा मृत्यु भएको उनका आफन्त भुवनराज भट्टले बताए । अस्ती आइतबार उनलाई गाडीले ठक्कर दिएर मृत्यु भएको बताइएको छ । 

Atrya hospital

२०७३ सालदेखि रोजगारीका लागि भारतमा रहेका भट्टको निधन भएपछि उनका आफन्त भारतको चेन्नइ पुगेका छन् । 

दशैंको मुखमा दिनेशको मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update