Sagun Khabar
बैतडीमा यात्रु सहायता कक्ष स्थापना 

बैतडी–चाडपर्वलाई लक्षित गरेर बैतडीका विभिन्न स्थानमा प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वको समयमा यात्रुहरुलाई हुन सक्ने समस्यालाई मध्यनजर गरेर यात्रु सहायता कक्ष स्थापना गरिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए । 

चाडपर्वको समयमा बेला यात्रुहरुलाई गन्तव्यमा पुर्याउनका लागि सहज होस भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी निरीक्षक ढुंगानाले बताए । 

Atrya hospital

दशैं–तिहारको समयमा भीडभाड हुने भएकाले यात्रुहरुलाई परेको समस्या समाधानका लागि यात्रु सहायता कक्ष स्थापना गरिएका हुन् । जिल्ला सदरमुकाम गोठलापानी, झुलाघाट सतबाँझ, पाटन, खोचलेक, गोकुलेश्वर, खोड्पे, पुर्चौंडी, मेलौली लगायतका ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएका प्रहरी निरीक्षक ढुंगानाले बताए । उनले भने ‘चाडपर्वका बेला यात्रुहरुलाई झन्झट नहोस भनेर सहयोग पुर्याउन यात्रु सहायता कक्ष स्थापना गरेका हौं । समस्यामा परेका नागरिकलाई सहायता कक्षबाट आवश्यक सेवा दिनेछौं ।’

क्षमता भन्दा बढी यात्रु बोक्न नदिने, तोकिएको भाडाभन्दा बढी भाडा लिन नदिने, यात्रुहरुलाई सहजताका साथ गन्तव्यमा पुर्याउन यात्रु सहायता कक्षमार्फत काम हुने प्रहरी निरीक्षक ढुंगानाले बताए । यात्राका क्रममा कुनै समस्या भएका नजिकका यात्रु सहायता कक्षमा सम्पर्क राख्न समेत आग्रह गरिएको छ । 

चाडपर्वका लागि भारतबाट फर्कने नागरिक, जिल्लाबाट बाहिर जाने र आउने नागरिकको संख्या बढेकाले यात्रुहरुलाई कुनै समस्या नहोस भन्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । छठ पर्व सम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update