Sagun Khabar
बैतडीमा नेपाल शिक्षक संघको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न 

बैतडी–नेपाल शिक्षक संघले दशै–तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

सोमबार नेपाल शिक्षक संघ बैतडीको कार्यालय शाहीलेकमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको नेपाल शिक्षक संघकी केन्द्रीय प्रतिनिधि कमला चन्दले बताइन् । 

Atrya hospital

नेपाल शिक्षक संघ बैतडीका अध्यक्ष गणेशसिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लक्ष्मणसिंह थापा, जिल्ला कार्यसमितिका पदाधिकारी  लगायतको सहभागिता रहेको थियो । 

यस्तै शिक्षक संघको बैठक बसेर नेपाल शिक्षक महासंघ गठनका बिषयमा समेत छलफल भएको केन्द्रीय प्रतिनिधि चन्दले बताइन् । बैतडीमा नेपाल शिक्षक महासंघको समिति गठनका लागि अन्य शिक्षक संघसंगठनहरुसंग छलफल गरेर अगाडि बढ्ने निर्णय भएको उनले जानकारी दिइन् । 
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update