Sagun Khabar
बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकामा सशस्त्र प्रहरीद्धारा आयोजित सचेतनामूलक हाजिरीजवाफ प्रतियोगिताको सम्पन्न गरिएको छ । सशस्त्र प्रहरी बलको पञ्चेश्वर बिओपीले  पञ्चेश्वर गाउँपालिका–१ स्थित डुग्रीखान माविमा आइतबार सचेतनामुलक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हो । 

सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुसँगको सम्बन्धलाई बलियो बनाउने उद्देश्यले सशस्त्र प्रहरीले ‘सीमावासीसंग सशस्त्र प्रहरी बल’नेपालको नवीनतम अवधारणा देशैभर लागू गरेको छ । 

Atrya hospital

सोही अवधारणा अन्तर्गत आइतबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको सशस्त्र प्रहरी पञ्चेश्वर बिओपीले जनाएको छ । 

सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक, जनप्रतिनिधि, अन्य सरोकारवालाहरुसंग विभिन्न खालका अन्तरक्रिया, छलफल र सचेतनामूलक कार्यक्रम आयोजना गर्ने सशस्त्र प्रहरीको योजना रही आएको छ । 

आइतबार सम्पन्न सचेतनामुलक हाजिरीजवाफ प्रतियोगितामा सशस्त्र प्रहरी नेपालको जिम्मेवारी, सीमा सुरक्षा, सीमा अपराध, लागूऔषध दूव्र्यसन, मानव बेचबिखन, सामाजिक अपराध र सजाय, विपद व्यवस्थापनका विषयका प्रश्नहरु समावेश गरिएका थिए । 

हाजिरीजवाफ प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले यस्ता कार्यक्रमले बालबालिकाहरुको बाह्य ज्ञान विस्तार हुने बताइन् । 

सशस्त्र प्रहरीको हाजिरीजवाफ प्रतियोगिताले बालबालिकाहरुलाई सशस्त्र प्रहरीको सेवा र अन्य बिषयमा जानकारी भएको डुग्रीखान माविका प्रद्यानाध्यापक ज्ञानसिंह घटालले बताए । 
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update