Sagun Khabar
बैतडीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ४ सय प्रहरी परिचालन हुने 

बैतडी–बैतडीमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेर योजना लागू गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए । 

चाडपर्वको समयमा जिल्लाभरीका ३४ ओटा प्रहरी युनिटबाट ४ सय प्रहरी खटाइने उनले बताए । सुरक्षा योजना अन्तर्गत चोरीडकैती नियन्त्रण, जुवातास नियन्त्रण, बैंक तथा बित्तीय संस्थाहरुको सुरक्षा, सीमा नाकाबाट हुनसक्ने अवैध निकासी नियन्त्रण, मेलापर्व सुरक्षा, अवैध मदिरा नियन्त्रण, कालोबजारी नियन्त्रण लगायतका कुराहरु समेटिएका छन् । 

Atrya hospital

यस्तै चाडपर्वको समयमा यात्रुहरुको चाप बढ्ने भएकाले सडक सुरक्षालाई पनि योजनामा उच्च महत्वका साथ राखिएको प्रहरी निरीक्षक ढुंगानाले बताए । क्षमताभन्दा बढी यात्रु बोक्न नदिने र यात्रुहरुलाई गन्तव्यमा पुग्नका लागि प्रहरीले सहजीकरण गर्ने उनले बताए । 

यस्तै यात्रुहरुकै समस्यालाई ध्यानमा राखेर जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्षा स्थापना गर्ने कुरा समेत सुरक्षा योजनामा समेटिएको प्रहरी निरीक्षक ढुंगानाले बताए । 

चाडपर्वको समयमा विभिन्न खालका अवाञ्छित क्रियाकलाप हुन सक्ने भएकाले यो तर्फ सबै नागरिक सचेत हुनुपर्नेमा प्रहरी निरीक्षक ढुंगानाले जोड दिए । 
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update