Sagun Khabar
काठमाण्डौं–बैतडी बस सेवा सञ्चालन गर्नुपर्ने  नेविसंघको माग 

बैतडी–नेपाल विद्यार्थी संघले काठमाण्डौं–बैतडी बस सेवा सञ्चालन गर्न माग गरेको छ । दशैंतिहारलाई लक्षित गरेर बस सेवा सञ्चालन गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । 
नेविसंघका जिल्ला उपाध्यक्ष अमरबहादुर टेरको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मामार्फत आज गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।  

दशैंको समयमा काठमाण्डौंमा अध्ययनरत विद्यार्थीहरु जिल्ला फर्कने भएपनि काठमाण्डौं–बैतडी बस सेवा नहुँदा समस्या भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । विद्यार्थीहरुको समस्यालाई ध्यानमा राखेर आफूहरुले ज्ञापनपत्र मार्फत गृहमन्त्री ध्यानाकर्षण गराएको उपाध्यक्ष टेरले बताए । 

Atrya hospital

दशैंको समयमा काठमाण्डौंबाट बैतडी फर्कने विद्यार्थीहरुले यातायातका साधनको समस्या झेल्न नपरोस भन्ने आफूहरुको माग रहेको उनले बताए । विद्यार्थीमात्रै नभएर काठमाण्डौंबाट बैतडी फर्कने अन्य यात्रुहरुलाई समेत समस्या भएकोले यो बिषयमा सरोकारवालाहरुको ध्यान जानु आवश्यक रहेको उनले बताए । 

nsu-1-1727609261.jpg
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update