Sagun Khabar
बैतडीबाट डिएसपी गिरीको बिदाई, नयाँ डिएसपी मिश्र आउँदै 

बैतडी–जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीको बिदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीबाट काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अपराध अनुसन्धान तथा अभियोजन शाखामा सरुवा भएका गिरीको बैतडीबाट आज बिदाई गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयले एक कार्यक्रमको आयोजना गरेर प्रहरी नायब उपरीक्षक गिरीको बिदाई गरेको हो । यसअघि कर्मचारी मिलन केन्द्र, जिल्ला सुरक्षा समिति लगायतले डिएसपी गिरीको बिदाई गरेका थिए । 

Atrya hospital

२०८० भदौ २५ मा जिल्ला प्रहरी कार्यालय बैतडीको प्रमुखको रुपमा हाजिर भएका गिरीको १३ महिनापछि सरुवा भएको हो । 

जिल्ला प्रहरी कार्यालय बैतडीका लागि नयाँ खटाइएका डिएसपी मकेन्द्रकुमार मिश्र भोलि जिल्ला आइपुग्ने कार्यक्रम रहेको छ । धादिङबाट बैतडी सरुवा भएका मिश्र भोलि आइपुग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update