Sagun Khabar
कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु 
Atrya hospital

कञ्चनपुर–कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान जिल्लाको लालझाडी गाउँपालिका–४ डाडाँजाई का ५० वर्षीय रामदल रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जंगली हात्तीको समूह गाउँ पसेपछि स्थानीयहरु हात्तीको समूह धपाउन बाहिर निस्केकका थिए । 

सोही क्रममा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको हो । अहिले हात्तीको समूह नजिकैको जंगलमा पसेको छ । प्रहरी टोली र निकुञ्जको टोली घटनास्थलमा खटिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए ।
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update