Sagun Khabar
बैतडीको गुरुखोलामा चितुवाको त्रास 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका –१ गुरुखोला र आसपासका क्षेत्रमा चितुवाको त्रास फैलिएको छ । शुक्रबार राति स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको थियो । उक्त चितुवा पासो चुँडालेर हिजो दिउँसो भागेको छ । 

चितुवाको बाँया खुट्टा पासोमा परेको परेको थियो । चितुवाको उद्धार गर्ने टोली आइनपुग्दै चितुवा पासो चुँडालेर भागेको हो । पासोमा परेको चितुवा भागेपछि स्थानीयहरु त्रसित भएका छन् । 

Atrya hospital

घाइते अवस्थामा चितुवा भागेकाले मानिसमाथि आक्रमण गर्न सक्ने स्थानीय बिरबहादुर टेरले बताए । घाइते चितुवाले मानिसमाथि आक्रमण गर्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउनुपर्नेमा उनले जोड दिए । उनले भने ‘घाइते चितुवा रीसमा हुन्छ । उसले फेला परेको बेला जसलाई पनि आक्रमण गर्न सक्छ ।’

अहिले खर काट्ने समय भएकाले खरफागलाहरुमा जाँदा सतर्कता अपनाउनुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् । बस्ती नजिकै आएको चितुवा पासोमा परेपछि स्थानीयहरुमा त्रास फैलिएको हो । चितुवा मानबवस्तीमा आउन थालेपछि नागरिकहरु त्रसित बनेका स्थानीय रामबहादुर टेरले बताए । 

पासोबाट भागेको चितुवा घाइते भएकाले चितुवाको आक्रमणबाट बच्नुपर्नेमा सरोकारावालाहरुले जोड दिएका छन् । 
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update