Sagun Khabar
बैतडीमा बसको ढोकबाट खसेर सहचालक गम्भीर घाइते 

बैतडी–बैतडीमा बसको ढोकाबाट खसेर सहचालक गम्भीर घाईते भएका छन् । 

जिल्लाको मेलौली नगरपालिका–७ काडाँका १८ वर्षीय बस सहचालक नविन भट्ट घाईते भएका हुन् । मेलौली नगरपालिका–१ स्थित इलाका प्रहरी कार्यालय तस्सुदेही नजिकै महेन्द्रनगरबाट पञ्चेश्वर जाँदै गरेको पवनदुत यातायातको बस रोक्न खोज्दा सहचालक भट्ट खसेका हुन् । चालकले एक्कासी बे्रक लगाउँदा भट्ट खसेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए । 

Atrya hospital

चालक दिपक मल्लले चलाएको ना ८ ख ६३६१ नम्बरको बसको ढोकाबाट आज बिहान ६ बजेतिर खसेका भट्टलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरी निरीक्षक ढुंगानाले बताए । 

उनको दाहिने कानबाट रगत बगीरहेकाले डडेल्धुरा अस्पतालले थप उपचारका लागि धनगढी रेफर गरेको हो । 

चालक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update