Sagun Khabar
बैतडीमा पासो तोडेर चितुवा भाग्यो 

बैतडी–बैतडीमा पासोमा परेको चितुवा पासो तोडेर भागेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोलामा खालमा स्थानीयहरुले स्यालका लागि थापेको पासोमा शुक्रबार राति १२ बजेतिर चितुवा परेको थियो । 

पासोमा परेको उक्त चितुवा शनिबार दिउँसो २ बजेतिर पासो तोडेर भागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए । 

Atrya hospital

स्यालले कुखुरा खाएर हैरान पार्न थालेपछि स्थानीयले स्यालका लागि पासो थापेका थिए । उक्त पासोमा शुक्रबार राति १२ बजे परेको चितुवा झण्डै १४ घण्टापछि पासो चुँडालेर भागेको हो । चितुवाको बाँया खुट्टा पासोमा परेको थियो । 

चितुवा भागेपछि चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आइरहेको प्राविधिकहरुको टोली बाटोबाटै फर्किएको छ ।

चितुवा घाइते अवस्थामा रहेकाले सतकर्ता अपनाउन प्रहरीले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update