Sagun Khabar
बैतडीमा चितुवा पासोमा पर्यो 

बैतडी–बैतडीमा एक चितुवा पासोमा परेको छ । स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको हो । 

जिल्लाको दशरथचन्द नगरपालिका –१ गुरुखोला खालमा स्थानीयले थापेको पासोमा शुक्रबार राति १२ बजेतिर चितुवा परेको हो । 

Atrya hospital

स्यालले कुखुरा खाएर हैरान पार्न थालेपछि किसानहरुले स्यालका लागि पासो थापेका थिए । उक्त पासोमा चितुवा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए । 

पासोमा परेको चितुवाको उद्धारका लागि डिभिजन वन कार्यालयको टोली र प्रहरीको टोली घटनास्थलमा खटिएको छ । पासोमा परेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरुको टोली मगाउने काम भइरहेको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update