Sagun Khabar
बैतडीमा सूर्यज्योती लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता तालिम र सम्मान कार्यक्रम सम्पन्न 

बैतडी–सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैतडीमा अभिकर्ता तालिम र सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार बैतडीको खोड्पे र शुक्रबार सदरमुकाम गोठलापानीमा कार्यक्रम सम्पन्न गरेको सूर्यज्योती लाइफ इन्स्यरेन्स कम्पनी लिमिटेडका बैतडी प्रमुख भुपेन्द्र पन्तले बताए । 

तालिम तथा सम्मान कार्यक्रममा सूर्यज्योती लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक रामप्रसाद उपाध्यायको समेत सहभागिता रहेको थियो । गत आर्थिक बर्षमा उत्कृष्ट काम गरेका अभिकर्ताहरुलाई सम्मान गर्नुका साथै बीमाका बारेमा तालिम समेत प्रदान गरिएको उनले बताए । 

Atrya hospital

गत आर्थिक बर्षमा जिल्लाभरी पोलिसी संख्याको आधार र व्यक्तिगत कोडमा व्यवसायको आधारमा अभिकर्ता बीरबहादुर बोहरा  प्रथम भएकाले उनलाई प्रमाणपत्रसहित सम्मान गरिएको शाखा प्रबन्धक पन्तले बताए । यस्तै टीम व्यवसायको आधारमा रामबहादुर महरा सम्मानित भएका उनले बताए ।  

जीवनको सुरक्षा, पारिवारिक सुरक्षा, उच्च शिक्षामा प्राप्तिमा सहजता, नियमित बचतका लागि जीवन बीमा आवश्यक भएकाले अभिकर्ताहरुले ग्राहकहरुलाई यो बिषयमा सचेत गराउनुपर्नेमा उपाध्यायले जोड दिए । 

111-1727487464.jpg
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update