Sagun Khabar
बैतडीमा मकै जोन समन्वय समितिको संयोजकमा पाण्डेय, तरकारी जोनमा भट्ट 

बैतडी–प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बैतडीमा मकै तथा तरकारी जोन सञ्चालन समन्वय समिति गठन गरिएको छ । पुरानो समन्वय समितिको कार्यकाल सकिएपछि बिहीबार देहीमाण्डौंमा कृषि समूह, कृषि फर्म र कृषि सहकारी सञ्चालकहरुको भेलाले नयाँ समिति गठन गरेको हो । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दार्चुलाको आयोजनामा भएको भेलाले नयाँ समन्वय समिति गठन गरेको हो । 

कृषि समूह, कृषि फर्म, कृषि सहकारी सञ्चालकहरुको जिल्लास्तरीय भेलाले मकै तथा तरकारी जोन सञ्चालन समन्वय समिति गठन गरेको प्राविधक जोन इकाई बैतडीकी इञ्चार्ज भावना  जोशीले जानकारी दिइन् ।

Atrya hospital

मकै जोन सञ्चालन समन्वय समितिको संयोजकमा धर्मानन्द पाण्डेय लगातार तेश्रो पटक चयन भएका छन् । पाण्डेयको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो । उक्त समितिको सह–संयोजकमा पूजा ऐेरी जोशी , सचिवमा जयबहादुर कुँवर, सह सचिवमा गणेशबहादुर टेर लगायतका अन्य पाँच सदस्य रहेका छन् । 

यस्तै महेशराज भट्टको संयोजकत्वमा नौ सदस्यीय तरकारी जोन सञ्चालन समन्वय समिति पनि गठन गरिएको छ । उक्त समितिको सह संयोजकमा कलावती विष्ट, सचिवमा कृष्णसिंह भाट, सह–सचिवमा सुरेन्द्रसिंह भाट लगायत अन्य पाँच सदस्य चयन गरिएका इञ्चार्ज जोशीले बताइन् । 

यी दुवै समितिको कार्यकाल दुई बर्ष रहने व्यवस्था छ । समितिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालन हुने कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउने जोशीले बताइन् । 

बैतडीका ५ ओटा पालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै जोन र तरकारी जोनका कार्यक्रम सञ्चालनमा रहेका छन् । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका,सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा जोन कार्यक्रम सञ्चालनमा रहेको बताइएको छ । 

मकै जोन तथा तरकारी जोन सञ्चालन भएका पालिकाहरुमा बीउबिजन र कृषि उपकरणमा ५० प्रतिशत अनुदान दिने गरिएको छ भने साना सिँचाई र पोलिहाउसमा ८५ प्रतिशत अनुदान दिने गरिएको जोशीले बताइन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालन हुने कार्यक्रमहरुलाई सफल बनाउन समन्वय समितिको महत्वपूर्ण भूमिका रहने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दार्चुलाका प्रमुख कमल तामाङले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update