Sagun Khabar
बैतडीमा जिप दुर्घटना,६ जना घाईते 

बैतडी –  बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन ।

बैतडीको छेलाबाट दशरथचन्द नगरपालिका ३ दुर्गाभवानी जाँदै गरेको से १ ज ३२० नम्बरको जिप अनियन्त्रित भएर विहीवार राति १० बजेतिर डुवापानी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

Atrya hospital

दुर्घटना परि जिपमा सवार ८ जना मध्ये चालकसहित ६ जना घाइते भएका छन् । घाईते मध्ये ५ जना जिल्ला अस्पताल बैतडीमा उपचार गराएर घर फर्किसकेका छन् ।

घाइते मध्ये दशरथचन्द नगरपालिका ३ वरकुरालीका  दिलिप नाथलाई थप उपचारका लागी धनगढी लगिएको छ ।

जिप सडकबाट ५ मिटर तल खसि सल्लाको रुखमा अड्केकाले ठूलो दुर्घटना टरेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जनक ढुंगानाले बताए ।  

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update