Sagun Khabar
अवरुद्ध भीमदत्त राजमार्ग सुचारु 
Atrya hospital

डडेल्धुरा –सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु भएको छ ।

डोटीको घोरडी र गोगनपानीमा पहिरो खसेपछि बुधवार रातिदेखि राजमार्ग अवरुद्ध भएको थियो । राजमार्गमा खसेको पहिरो पन्छ्याएपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

राजमार्ग खुलेसंगै रोकिएका सवारी साधन र एम्बुलेन्सहरु गन्तव्यतर्फ लागेका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update