Sagun Khabar
साल्ट ट्रेडिङ पाटनले घटायो चिनीको मूल्य, प्रतिकेजी १०२ रुपैयाँ ५० पैसा 

बैतडी–साल्ट ट्रेडिङ कर्पोरेशन पाटन डिपोले चिनी, तेल र चिउराको मूल्य घटाएको छ । 

गएको सोमबारदेखि साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय पाटनमा सुपथ मूल्य पसल सञ्चालनमा आएको थियो । दशैं,तिहार र छठ पर्वलाई मध्यनजर गरेर सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा चिनीको मूल्य ११० रुपैयाँ निर्धारण गरिएको थियो । यस्तै चिउरा प्रतिकेजी ११५ रुपैयाँ र खानेतेल प्रतिलिटर २ सय ४० रुपैयाँ निर्धारण गरिएको थियो । 

Atrya hospital

साल्ट ट्रेडिङकै सुपथ मूल्य पसलमा बजार भाउभन्दा महंगो भएको भन्दै चर्को आलोचना भएपछि साल्ट ट्रेडिङले मूल्यमा हेरफेर गरेको हो । 

प्रदेश कार्यालयबाटै नयाँ मूल्य तोकिएको साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय पाटनका प्रमुख प्रेमसिंह कठायतले बताए । डिपो कार्यालयबाट कार्तिक २२ गतेसम्म नुन, चिनी, तेल र चिउरा सुपथ मूल्यमा उपलब्ध गराइने कठायतले जानकारी दिए । 

साल्ट ट्रेडिङको डिपो कार्यालय पाटनबाट अब चिनी प्रतिकेजी १०२ रुपैया ५० पैंसामा उपलब्ध भइरहेको छ भने चिउरा प्रतिकेजी ११० रुपैयामा विक्रि भइरहेको छ । यस्तै खानेतेल प्रतिलिटर २२० रुपैयाँ र नुन प्रतिकेजी २४ रुपैयाँमा विक्रि भइरहेको कठायतले जानकारी दिए । 

सहुलियतको दरको चिनी एक व्यक्तिलाई बढीमा ६ केजी उपलब्ध गराइनेछ भने नुन बढीमा ६ केजी उपलब्ध गराइनेछ । यस्तै चिउरा बढीमा ५ केजी र तेल बढीमा अढाइ लिटर सहुलियत मूल्यमा उपलब्ध गराइने साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय पाटनले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update