Sagun Khabar
जन्मदिनको अवसरमा पन्तले गरे शैक्षिक सामग्री वितरण 

बैतडी–रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका बैतडी घर भएका मनमोहन पन्तले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । 

जिल्लाको डिलाशैनी गाउँपालिका – ४ मठैराजका पन्त हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियाको वुशान शहरमा रहेका उनका दाजु महेशराज पन्तले बताए । 

Atrya hospital

आफू विदेशी भूमीमा रहेको भएपनि स्वदेशप्रतिको माया र सम्मानले जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको पन्तले बताए । 

मठैराज मावि हाडाकोटमा कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस भनेर शैक्षिक सामग्री वितरण गरिएको पन्तले बताए । उनले हरेक बर्ष जन्मदिनको अवसर पारेर शैक्षिक सामग्री वितरण गर्दै आएका छन् । मठैराज माविमा आफूले समेत अध्ययन गरेको बताउँदै पन्तले जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा विद्यार्थीहरुलाई सहयोग गरेको बताए । 

पन्तका तर्फबाट उनका बुवा गंगादत्त पन्तले विद्यालयमै पुगेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । 

सुदूरपश्चिम समाज कोरिया वुशानका निवर्तमान उपाध्यक्ष समेत रहेका पन्तले विदेशी भूमीबाट स्वदेशमा समाजसेवीको भूमिका निर्वाह गर्दै आएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update