Sagun Khabar
बैतडीको पाटनमा नयाँ प्रमुख प्रशासकीय अधिकृत जोशी हाजिर 

बैतडी–बैतडीको पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशी हाजिर भएका छन् । प्रमुख प्रशासकीय अधिकृत जोशीलाई बिहीबार एक कार्यक्रमकाबीच नगरपालिकामा स्वागत गरिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई गएको भदौ ३१ गते पाटन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा गरेको थियो । जोशी आज नगरपालिकामा हाजिर भएका हुन् । 

Atrya hospital

प्रमुख प्रशासकीय अधिकृत जोशीको स्वागतमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, वडा अध्यक्ष लगायतका जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत जोशीले कर्मचारीहरुले सेवाभावले काम गर्नुपर्ने बताए । राम्रो काम गर्ने वातावरण सिर्जना गर्नेतर्फ सम्वद्ध सबैको ध्यान जानु पर्नेमा उनले जोड दिए । 

यसअघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह ऐरीको दोहरो जिम्मेवारी रद्ध भएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको थियो । जोशी हाजिर भएसंगै नगरपालिकाका आर्थिक तथा प्रशासनिक कामहरु अघि बढेका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update