Sagun Khabar
बैतडीमा पहिरोले एक घर पुरियो, परिवार विस्थापित 
फाइल फोटो

बैतडी–बैतडीमा पहिरोले एक घर पुरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–४ जोखल्लीका सुरेन्द्र रोकायाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए । 

गए राति १२ बजेतिर घरमाथिबाट खसेको पहिरोले रोकायाको घर पुरिएको उनले बताए । पहिलादेखि घर पहिरोको जोखिममा रहेको र बर्षा शुरु हुने बित्तिकै घरपरिवार र गाईवस्तु आफन्तको घरमा सारीसकेकाले मानवीय तथा पशुचौपायामा क्षति नभएको प्रहरी निरीक्षक ढुंगानाले बताए । रोकायाको परिवार अहिले आफन्त पदमबहादुर रोकायाको घरमा बसीरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए । 

Atrya hospital

दुईतले कच्ची घर पहिरोले पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । पहिरोले घर पुरिएपछि घरभित्र रहेका अन्नपात, लत्ताकपडा,भाँडाकुडा सबै नष्ट भएका बताइएको छ । 

पहिरोले घर पुरिएको जानकारी आएपछि घटनास्थलतर्फ प्रहरी टोली खटिएको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक ढुंगानाले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update