Sagun Khabar
बैतडीमा घरपालुवा कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाइँदै 

बैतडी –बैतडीमा घरपालुवा कुकुर र बिरालोलाई निशुल्क रुपमा रेबिजविरुद्धको खोप लगाउने कार्य भइरहेको छ । विश्व रेबिज दिवसको अवसर पारेर सप्ताहव्यापी रुपमा जिल्लाका विभिन्न स्थानमा रेबिजविरुद्धको खोप लगाउने कार्य भइरहेको भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत डा. विशाल पाठकले बताए । 

कुकुर –बिरालोको टोकाइबाट मानिसमा रेबिज सर्ने भएकाले यो रोगबाट बच्नका लागि घरपालुवा कुकुर बिरालोहरुलाई खोप लगाउनुपर्ने डा. पाठकले बताए । 

Atrya hospital

विश्व रेबिज दिवसको अवसरमा जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली र पाटन नगरपालिकाका विभिन्न स्थानमा कुकुर बिरालोहरुलाई रेबिजविरुद्धको खोप लगाइएको डा. पाठकले बताए । अब पाटन बजार क्षेत्रमा छाडा कुकुरहरुलाई पनि रेबिजविरुद्धको खोप लगाउने तयारी भएको डा. पाठकले बताए । उनले भने ‘हामीले विश्व रेबिज दिवसको अवसरमा निशुल्क रुपमा खोप लगाउने कार्य गरिरहेका छौं । रेबिज रोग उन्मूलन गर्ने अभियानमा लागेका छौं ।’

नेपालबाट सन् २०३०मा कुकुरबाट सर्ने रेबिज रोग उन्मूलन गर्ने लक्ष्य रहेकाले सोही अनुसार कुकुर–बिरोलोलाई खोप लगाउने कार्य भइरहेको डा. पाठकले बताए । 

यस्तै सुर्नया गाउँपालिकाले पनि घरपालुवा कुकुर तथा बिरालोहरुलाई निशुल्क रुपमा रेबिजविरुद्धको खोप लगाउने कार्य गरिरहेको छ । गाउँपालिकाको पशु सेवा शाखामा रहेको खोपकेन्द्रबाट रेबिजविरुद्धको खोप लगाउने कार्य भइरहेको पशु सेवा शाखा प्रमुख उपेन्द्रकुमार शाहले बताए । 

वडाबाट खोपको माग भइ आएमा सोही अनुसार वडाहरुमा पनि रेबिजविरुद्धको खोप पठाइने शाहले बताए । रेबिज रोगबाट बच्न र बचाउनका लागि कुकुर–बिरालोलाई रेबिजविरुद्धको खोप लगाउनु अनिवार्य भएको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update