Sagun Khabar
आइतबारसम्म भीषण बर्षाको सम्भावना, सुदूरका तीनसहित ५६ जिल्लामा रेड अलर्ट जारी 

बैतडी – मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतवार बिहानसम्म सात वटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ । यो अवधिमा बाढी पहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सुदूरपश्चिमका तीनसहित ५६ वटा जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् ’रेड अलर्ट’ मा राखेको छ ।

वर्षा गराउने प्रणाली नेपाल नजिक झन् शक्तिशाली बनेकाले वर्षा हुने क्षेत्र र असर बढी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । महाशाखाले धान नकाट्न किसानलाई आग्रह गरिसकेको छ । यस्तै ट्रेकिङमा पनि नजान आग्रह गरिएको छ । 

Atrya hospital

सुदूरपश्चिमका केही स्थान, कोशी, बाग्मती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बाग्मती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक÷दुई स्थानमा भने अति ठूलो तहको वर्षाको सम्भावना छ ।

‘रेड अलर्ट’ भएका जिल्लामा सुदूरपश्चिमका कैलाली, डोटी र अछाम पनि रहेका छन् । यस्तै झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम र पाँचथर ‘रेड अलर्ट’मा रहेका छन् । यस्तै, सिरहा, सप्तरी, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप पनि ‘रेड अलर्ट’मा रहेका छन् ।

यसैगरी म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा, मनाङ, रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान ‘रेड अलर्ट’ मा रहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update