Sagun Khabar
दार्चुलामा जिप दुर्घटना, तीन जना घाइते 

दार्चुला –दार्चुलामा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका –५ ओखडानीमा बुधबार दिउँसो सुपप्र ०१००१ ज १५९४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । 

बगौरादेखि सेत्कला जाँदै गरेको जिप दुर्घटना हुँदा जिपमा सवार शैल्यशिखर नगरपालिका– ४ का २३ बर्षीय हरिश धामी, सोही ठाउँका २१ बर्षीय मोहन धामी र ३९ बर्षीय दानसिंह ठगुन्ना घाइते भएका छन् । 

Atrya hospital

घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था समान्य रहेको प्रहरी निरीक्षक जोशीले बताए । जिप चालक सिद्ध रावल भने फरार रहेका छन् । 

जिप सडकबाट १० मिटर तल खसेको बताइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update