Sagun Khabar
बैतडीमा एक किशोरी मृत फेला 
Atrya hospital

बैतडी–बैतडीमा एक किशोरी मृत फेला परेकी छन् । 

जिल्लाको पाटन नगरपालिका –३ गुरुडाकी १८ बर्षीया पूजा लुहार मंगलबार साँझ सवा सात बजेतिर मृत फेला परेका हुन् । 

घर नजिकैको सल्लाको रुखमा झुण्डिएको अवस्थामा पूजाको शव फेला परेको हो । उनी मानसिक रुपमा अस्वस्थ रहेको बताइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए । 
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update