Sagun Khabar
बैतडीका डिएसपी गिरीको सरुवा, नयाँ डिएसपी मिश्र आउने 

बैतडी–जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार गिरीसहित देशभरका १४३ जना डिएसपीको सरुवा गरेको हो । 

गिरीको बैतडीबाट काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अपराध अनुसन्धान तथा अभियोजना शाखामा सरुवा गरिएको छ । उनको ठाउँमा बैतडीमा मकेन्द्रकुमार मिश्रलाई पठाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Atrya hospital

प्रहरी नायब उपरीक्षक मिश्रलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट जिल्ला प्रहरी कार्यालय बैतडीमा सरुवा गरेको हो । 

२०८० भदौ २५ मा बैतडीमा जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा हाजिर भएका गिरीको १३ महिनापछि सरुवा भएको हो । 
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update