Sagun Khabar
बैतडीको एक आधारभूत स्वास्थ्य केन्द्रमा तालाबन्दी 
फाइल फोटो

बैतडी–बैतडीको मेलौली नगरपालिका–१ हरिचनस्थित आधारभूत स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाका लागि जग्गा दान गरेका परिवारले मंगलबार दिउँसो मंगलबार दिउँसो १२ बजे स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका हुन् । 

२०७६ सालमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि अढाई रोपनी जग्गादान गरेका हरिराम लुहारको परिवारले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेको हो । 

Atrya hospital

आधारभूत स्वास्थ्य केन्द्रलाई जग्गा उपलब्ध गराउँदा परिवारको एकजनालाई रोजगारी दिने सम्झौता गरिएको थियो । उक्त सम्झौता कार्यान्वयनका लागि बारम्बार आग्रह गर्दा समेत बेवास्ता गरिएपछि तालाबन्दी गरिएको हरिराम लुहारका छोरा देव लुहारले जानकारी दिए ।

रोजगारी दिने सम्बन्धी भएको सम्झौताका बिषयमा नगर प्रमुख भीमबहादुर चन्दलाई भेट्दा समेत वेवास्ता भएपछि आफूहरुले तालाबन्दी गरेको लुहारले बताए । 

आधारभूत स्वास्थ्य केन्द्रमा तालाबन्दी भएपछि स्वास्थ्य सेवा अवरुद्ध भएको छ । केन्द्रले दिने सबै सेवाहरु अवरुद्ध भएको केन्द्रकी प्रमुख अनमी सीता बिष्टले जानकारी दिइन् । 

जग्गादाताको परिवारमध्ये एकजनालाई रोजगारी दिने विषयमा सोमबारको कार्यपालिका बैठकमा छलफल भएको भएको तर  टुंगो लाग्न नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दले जानकारी दिए । 

हरिराम लुहारको परिवारले स्वास्थ्य केन्द्रलाई जग्गा उपलब्ध गराएको भएपनि नामसारी भने नभएको खुलेको छ । नामसारी नभएकै जमीनमा आधारभूत स्वास्थ्य केन्द्रको चार कोठे भवन निर्माण गरेर सेवा सञ्चालन गरिएको छ । हरिराम लुहारको नाममा भएको जमीन आधारभूत स्वास्थ्य केन्द्रको नाममा नामसारी गरेर मात्रै संरचना बनाउनुपर्ने भएपनि त्यसो नगरेको पाइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update