Sagun Khabar
बैतडीको शिवनाथमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेय हाजिर 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत सरोज पाण्डेय हाजिर भएका छन् । मंगलबार एक कार्यक्रमकाबीच प्रमुख प्रशासकीय अधिकृत पाण्डेयलाई गाउँपालिकामा स्वागत गरिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको भदौ २६ गते शाखा अधिकृत पाण्डेयलाई शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन गरेको थियो । स्टाफ कलेजबाट ६ महिनाको तालिमपछि पाण्डेयलाई शिवनाथ गाउँपालिकामा खटाइएको हो । 

Atrya hospital

गाउँपालिकामा उपाध्यक्ष शकुन्तला साउँद,वडा अध्यक्ष लगायतका जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थितीमा प्रमुख प्रशासकीय अधिकृत पाण्डेयको स्वागत गरिएको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको भदौ २६ गते देशभरीका एक सय गाउँपालिकामा एक सय जना शाखा अधिकृतहरुलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदस्थापन गरेको थियो । ती मध्ये बैतडीका शिवनाथ, पञ्चेश्वर र सुर्नयामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो । 

सुर्नया गाउँपालिकामा पदस्थापन गरेकी ज्योतीकुमारी बोहराको गाउँपालिकामा हाजिर नहुँदै मन्त्रालयले भदौ २७ मै गृहमन्त्रालयमा सरुवा गरिसकेको छ । 

पञ्चेश्वर गाउँपालिकामा खटाइएका महेश पार्की हिजो मात्रै हाजिर भएका छन् भने शिवनाथ गाउँपालिकामा खटाइएको पाण्डेय आज हाजिर भएका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update