Sagun Khabar
बझाङका एकजना चरेशसहित कैलालीमा पक्राउ 
Atrya hospital

कैलाली –बझाङका एकजना लागुऔषध चरेशसहित कैलालीमा पक्राउ परेका छन् । 

बझाङको केदास्युँ गाउँपालिका–६ थापागाउँका ३१ वर्षीय डम्बरबहादुर गुरधामी कैलालीको  गौरीगंगा नगरपालिका–८ बडैपुरबाट पक्राउ परेका हुन् । 

उनले सञ्चालन गरेको मष्टा एग्रो प्रोडक्सन एण्ड सप्लायर्सबाट काठको टेबलको घर्रा भित्र लुकाइ राखेको ५३.८१ ग्राम चरेश बरामद गरेको प्रहरीले जनाएको छ । उनलाई लागुऔषधसहित इलाका  प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update