Sagun Khabar
बैतडी जिल्ला क्रिकेट संघको साधारण सभा सम्पन्न, विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन गरिने

बैतडी–बैतडी जिल्ला क्रिकेट संघ(बिडीसिए)को नवौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

सदरमुकाम गोठलापानीमा सम्पन्न साधारण सभाले १६ बर्ष मुनिको विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए । 

Atrya hospital

साधारणसभामा गत आर्थिक बर्षको बार्षिक प्रगति प्रतिवेदन पेश गर्नुका साथै चालु आर्थिक बर्षका लागि निति, कार्यक्रम र बजेट पारित गरिएको अध्यक्ष चन्दले बताए । चालु आर्थिक बर्षका लागि ३२ लाख रुपैयाँको अनुमानित बजेट साधारण सभाले पारित गरेको उनले बताए । 

साधारण सभामा बैतडी जिल्लाभरी रहेका विभिन्न १५ क्लबका प्रतिनिधि, बैतडी जिल्ला क्रिकेट संघ मातहत रहेका विभिन्न समिति लगायतको सहभागिता रहेको थियो । 

साधारण सभामा बोल्दै नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेट क्षेत्रको विकास र क्रिकेटका लागि भौतिक संरचना निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले खेलाडी उत्पादनका लागि उमेर समूहका प्रतियोगिता हुनुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update