Sagun Khabar
संविधान दिवस : ब्याडमिन्टन प्रतियोगिताको उपाधि भट्ट र विष्टको जोडीलाई

बैतडी –संविधान दिवसको अवसरमा बैतडीमा आयोजना गरिएको खुल्ला ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ ।

उक्त प्रतियोगिताको उपाधि ईश्वरी भट्ट र प्रकाश विष्टको जोडीले हात पारेको छ ।

नवनिर्मित जगन्नाथ बहुउद्देश्यीय हलमा सम्पन्न फाइनल खेलमा आनन्द थापा र कैलाश थापाको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै भट्ट र विष्टको जोडीले उपाधि हात पारेको म्याच रेफ्री दिनेश सिंह ठगुन्नाले जानकारी दिए ।

Atrya hospital

पहिलो सेट २१–१३ ले जितेको भट्ट र विष्टको जोडीले दोस्रो सेट पनि २१–१३ ले नै जित्दै उपाधि जितेको हो । उक्त जोडीले नगद १५ हजार, मेडल र प्रमाण हात पारेको छ । 

उपविजेता थापाद्वयको जोडीले नगद १० हजार,मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

भुपाल थापा र केशब महराको जोडी तेस्रो भएको छ । तेस्रो भएको जोडीलाई नगद ५÷५ हजार ,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

तीनदिनसम्म सञ्चालन भएको प्रतियोगितामा बैतडी,दार्चुला,डडेल्धुराका साथै भारतीय गरेर ३२ टोलीको हभागी रहेका थियो । 

प्रतियोगिताका विजेता, उपविजेता लगायतका खेलाडीहरुलाई संविधान दिवस जिल्ला मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी,प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा,दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले पुरस्कार वितरण गरेका थिए । 

यस्तै प्रतियोगिताको समापन समारोहमा नवनिर्मित जगन्नाथ बहुउद्देश्यीय हल निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरूमा तरूण दलका कार्यवाहक अध्यक्ष महेशदत्त भट्ट,शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख गोविन्द देवकोटा  , पूर्वाधार विकास कार्यालयका प्रमुख धिरेन्द्र भट्ट,  शहरी विकास तथा भवन निर्माण कार्यालयका सव– इन्जिनियर सोमित राय ,जय जगन्नाथ निर्माण सेवाका दिनेश ठगुन्ना, नेपाल पुर्वाधार बिकास उद्योग प्रा.लिका लिलाधर कडेल, श्रीबक्स गुल्म,जिल्ला प्रहरी कार्यालय,शसस्त्र प्रहरी बल नेपाल, ५१ नम्बर गुल्म बैतडी रहेका छन् । 

batmintan-group-2048x1536-1726746958.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update