Sagun Khabar
संविधान दिवस : बैतडीमा ब्याडमिन्टन प्रतियोगिता 

बैतडी–संविधान दिवसको अवसरमा बैतडीमा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ । दिवसको अवसर पारेर मंगलबारदेखि खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिता शुरू भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । 

नवनिर्मित जगन्नाथ बहुउद्देश्यीय हलमा सञ्चालन भएको प्रतियोगितामा ३१ टोलीको सहभागिता रहेको छ ।

Atrya hospital

तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा बैतडीसंगै,दार्चुला,डडेल्धुराका साथै भारतीय टोलीको पनि सहभागीता रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 

संविधान दिवस जिल्ला मूल समारोह समितिको आयोजनामा शुरू भएको प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार नगद,मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई १० हजार नगर,मेडल र प्रमाणपत्र,तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने टोलीलाई ५÷५ हजार नगद पुरस्कार,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिताका साथै सरसफाइ कार्यक्रम, दिपावली, प्रभातफेरी लगायतका कार्यक्रम पनि गरिने संविधान दिवस जिल्ला मूल समारोह समितिले जनाएको छ । दिवसको अवसरमा सरकारी कार्यालयहरुमा सरसफाइ गर्ने र साँझको समयमा दिपावली गर्ने कार्यक्रम तय भएको छ । 

दिवसको अवसरमा बिहीबार बिहान सदरमुकाममा प्रभातफेरी कार्यक्रमपश्चात् प्रशासन कार्यालय अगाडि सहिद दशरथचन्दको सालिकनजिक कोणसभाको आयोजना गरिएको संविधान दिवस जिल्ला मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताए । 

कोणसभापश्चात जगन्नाथ बहुउद्देश्यीय हलमा ब्याडमिन्टन प्रतियोगिता समापनका साथै हल निर्माण गर्न सहयोग गर्नेहरूलाई सम्मानको कार्यक्रम रहेको छ । यसका साथै यहाँका प्रसिद्ध जगन्नाथ मन्दिर र त्रिपुरासुन्दरी मन्दिर सरसफाइका साथै पुजाआजा गरिने संविधान दिवस जिल्ला मूल समारोह समितिले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update