Sagun Khabar
डडेल्धुराबाट चरेशसहित दुई जना पक्राउ 

डडेल्धुरा –डडेल्धुराबाट चरेशसहित २ जना पक्राउ परेका छन् । 

जिल्लाको अमरगढी नगरपालिका–७ पोखरा बजारबाट सोही ठाउँ बस्ने ३५ वर्षीय तेज कैनी  र अजयमेरु गाउँपालिका– ६ भण्डारीगाउँबाट सोही ठाउँ बस्ने ४५ बर्षीय राज भण्डारी पक्राउ परेका हुन् । 

Atrya hospital

कैनीलाई ८ ग्राम चरेशसहित प्रहरी चौकी पोखराबाट खटिएको प्रहरी टोलीले सोमवार पक्राउ गरेको जनाएको छ ।

यस्तै भण्डारीलाई ४७.३४ ग्राम चरेशसहित अस्थायी प्रहरी पोष्ट राजुलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

चरेशसहित दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update