Sagun Khabar
दार्चुलामा ८ जुवाडे पक्राउ 
Atrya hospital

दार्चुला –दार्चुलामा ८ जुवाडे पक्राउ परेका छन् । जिल्लाको महाकाली नगरपालिका–४ खंलगा विद्यानगर बस्ने ५७ वर्षीय गोबिन्द धानुकको घरको माथिल्लो तल्लामा लुकीछिपी जुवातास खेलिरहेको अवस्थामा आइतवार ८ जनालाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा घरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा घरधनी धानुकसहित ८ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुबाट नगद ९३ हजार २२० र १ गड्डी तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update