Sagun Khabar
नेपाल प्रिमियर लिग : सुदूरपश्चिमको मार्की प्लेयरमा दिपेन्द्रसिंह ऐरी 

बैतडी – नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मार्की प्लेयर शनिबार टुंगो लागेको छ ।

नेपाल क्रिकेट संघले शुक्रबार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो । शनिबार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम टुंगो लगाइएको हो ।

Atrya hospital

जस अनुसार सुदूरपश्चिमको मार्की प्लेयरमा सुदूरपश्चिमकै दिपेन्द्रसिंह ऐरी छनौट भएका छन् । लक्की ड्रमार्फत ऐरी सुदूरपश्चिमको मार्की प्लेयर बनेका हुन् । 

यस्तै काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, र कर्णालीको सोमपाल कामी मार्की प्लेयर बनेका छन् ।

सबै मार्की प्लेयरले एनपीएल खेलेवापत २० लाख रुपैयाँ पाउनेछन् ।
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update