Sagun Khabar
जयपृथ्वी राजमार्ग फेरि अवरुद्ध 
Atrya hospital

बझाङ –बझाङको जयपृथ्वी राजमार्ग फेरि अवरुद्ध भएको छ । 

बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ सुगालामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । शुक्रबार साँझ आंशिकरुपमा खुलेको राजमार्ग शनिबार बिहानदेखि फेरि अवरुद्ध भएको प्रहरीले जनाएको छ । ठाउँठाउँमा पहिरो खस्न थालेपछि राजमार्ग बुधबार देखि नै पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

बिहीबार जयपृथ्वी राजमार्गको जालेबगरमा खसेको पहिरोले दिनभर सडक अवरुद्ध भएको थियो । यस्तै, शुक्रबार बिहान जालेबगर, बालुवाटार, भ्यागुते खोला लगायत थुप्रै ठाउँमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । 
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update