Sagun Khabar
महाकाली नदीमा बगेका दुई किशोरमध्ये एकको शव फेला 

कञ्चनपुर –महाकाली नदीमा बगेर बेपत्ता भएका दुई जना किशोरमध्ये एकको शव फेला परेको छ । 

आज दिउँसो नदीबाट दाउरा संकलन गर्ने क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का १८ बर्षीय सौरभ दमाइ र सोही ठाउँमा अबि दमाइ बेपत्ता भएका थिए । 

Atrya hospital

बगेर बेपत्ता भएका मध्ये सौरभको शव फेला परेको छ । दोधारा–चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । 

महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात रहेको छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update