Sagun Khabar
भाइले कोदालो प्रहार गर्दा दाजुको मृत्यु 

डोटी –डोटीमा भाइले कोदालो प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् । 

जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ का  ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाजु गणेशबहादुर जोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भिमलाल भट्टराइले जानकारी दिए । 

Atrya hospital

सोमबार दिउँसो ३ बजेको समयमा नरबहादुरले दाजु गणेशबहादुरको टाउकोमा कोदालो प्रहार गरेका थिए । 

नरबहादुरलाई सोमबार नै नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update