Sagun Khabar
आज गणेश चतुर्थी भगवान् गणेशको पूजा आराधना गरी मनाइँदै
Atrya hospital

आज भगवान् गणेशको पूजा आराधना गरी  गणेश चतुर्थी पर्व मनाइँदै छ ।

सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज काठमाण्डौ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ ।

आज हरितालिका तीजको व्रत पारायण गरी गणेश भगवान्को व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update