Sagun Khabar
बैतडीमा १६ क्वीन्टल भन्सार छलीको चिनीसहित एक जना पक्राउ
Atrya hospital

बैतडी-  बैतडीमा १६ क्वीन्टल भन्सार छलीको चिनीसहित एक जना पक्राउ परेका छन । जिल्लाको मेलौली नगरपालिका–७ काँडा बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख ४४ हजार मूल्य बराबरको १६ क्वीन्टल (३२ बोरा प्रति बोरा ५० केजीका दरले) चिनीसहित पञ्चेश्वर गाउँपालिका–३ बस्ने ४८ वर्षीय दामोदर कलौनी बिहीवार पक्राउ परेका हुन् ।

कलौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३५१० नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय तस्वदेही, बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा उक्त चिनी फेला पारी पक्राउ गरेको जनाएको छ । 

उक्त ट्रक, चिनी र ट्रक चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update