Sagun Khabar
बैतडीमा जबरजस्तीकरणी आरोपमा स्वास्थ्यचौकी प्रमुख पक्राउ 

बैतडी- बैतडीमा जवजस्तीकरणी गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिका–२ बस्ने ४१ वर्षीय स्वास्थ्यकर्मी जनकसिह धामी जबरजस्तीकरणीको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले बताए ।

बुधबार ३१ बर्षीय एक महिलाले धामीले आफु माथि जवजस्तीकरणी गरेको जाहिरीका आधारमा उनलाइ बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । सिगास गाउँपालिका अन्र्तगत रहेर स्वास्थ्य संस्थामा काम गर्ने धामीलाई पक्राउ गरिएको हो । पक्राउ परेका धामीलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Atrya hospital

महिलाले केही दिन पहिले पनि स्वास्थ्यकर्मी धामीले आफुमाथि हातपात गरेको भन्दै गाजरी प्रहरीमा निवेदन दिएकी थिइन् । स्थानीय र जनप्रतिनिधीहरुले सो बिषय मिलाएको थिए । धामीले विभिन्न प्रलोभनमा पारि पटक–पटक जबरजस्तीकरणी गरेको पीडित युवतीको आरोप छ ।

पीडित युवती अविवाहित र स्वास्थ्यकर्मी समेत रहेकी बुझिएको छ । पक्राउ पर्ने धामी विवाहित रहेका छन् । पीडितले दिएको जाहेरीका आधारमा धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताईएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update