Sagun Khabar
रेडक्रस स्थापना दिवस बैतडीमा पनि मनाइयो

बैतडी- नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीले ६२ औँ स्थापना दिवस मनाएको  छ ।  विश्वमा रेडक्रस स्थापना भएको सय बर्षपछि वि.सं २०२० भाद्र १९ मा स्थापना भएर ६२ वर्ष पुराभएको अवसरमा बुधबार विभिन्न कार्यक्रम गरि  स्थापना दिवस मनाएको  नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीका मन्त्री  रमेश सिंह भण्डारीले बताए ।

रेडक्रस सोसाइटीका संंस्थापक जाँ हेनरी ड्युनाको तस्बिरमा माल्यापर्ण गरेर  दिवस मनाइएको उनले  बताए  । यसका साथै रेडक्रस सोसाइटीले बैतडीमा गरिएको कामहरुको समिक्षा, गरिरहेको  कामको  जनाकारी  गरेर  स्थापना दिवस मनाइएको उनले  बताए ।

Atrya hospital

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीका सभापति विष्णु अवस्थीको  अध्यक्षतामा  कार्यालयमै कार्यक्रम गरेर स्थापना दिवस मनाइएको उनको  भनाई छ ।  कार्यक्रममा जिल्ला भित्रका स्वयंमसेवक लगायत कर्मचारीहरुको सहभागिता रहेको  थियो । मानवीय सेवामा तल्लीन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीले प्राकृतिक विपद् बाट  दुःख पिडामा परेकाहरुलाई  राहत वितरण गर्दै आएको छ ।

यस्तै जिल्ला भित्र विपद्  बाट बचाउनका लागि विभिन्न किसिमका सचेतनामुल कार्यक्रमहरु गरेर बाढी पहिरो पिडितहरुलाई त्तकाल उद्धार गरि गैरखाद्य सामग्री वितरण पनि गर्दै आएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीले  जनाएको  छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update