Sagun Khabar
बैतडीको सिगासमा टेलिकमको टावरमा तोडफोड

बैतडी- बैतडीमा टेलिकमको टावरमा तोडफोड गरिएको छ । जिल्लाको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर अज्ञात समूहले तोडफोड गरिएको सिगास गाउँपालिका वडा न १ का वडा अध्यक्ष  रामचन्द्र ऐरीले बताए । स्थानीय गाजरी बजारबाट ३ घण्टाको पैदल दुरीमा रहेको टेलिकमको टावरमा तोडफोड गरिएको छ ।

नेपाल टेलिकमको टावरमा बैंक प्रयोजनको लागि राखिएका छुट्टै ब्याट्री , तार र सोलारपातामा तोडफोड गरि नेपाल टेलिकमको तारमा पनि क्षती गरेको वडा अध्यक्ष ऐरीले बताए । सोलारको माध्यमबाट चल्ने गरेको उक्त टावरमा बैंक प्रयोजनको लागि छुट्टै पावर सप्लाईका लागि बैंकको तर्फबाट राखिएका छुट्टै ब्याट्री र सोलारमा तोडफोड गरी काम नलाग्ने अवस्थामा पुर्याएको उनले बताए ।

Atrya hospital

टावरमा राखिएको कृषि विकास बैङ्कको सर्भर उपकरण समेत तोडफोड गरिएको छ । भदौ १५ गतेबाट बैङ्कमा इन्टरनेट नचलेपछि बैङ्कका कर्मचारी टावर हेर्न जाँदा टावर तोडफोड गरिएको अवस्थामा भेटिएको थियो ।
टावर क्षति भएको बारेमा आज मात्रै जानकारी भएकाले प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

स्थानीय क्षेत्रमा इन्टरनेट नचलेपछि गाँजरीमा रहेको कृषि विकास बैङ्कले सेवा उपलब्ध गराउन असर्मथ रहेको सूचना समेत जारी गरेको छ । घटना व्यक्ति अथवा समूह कसले गराएको हो भन्ने एकीन हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरी टोली पुगेपछि घटनाबारे थप अनुसन्धान थालिने केसीले बताए ।

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update