Sagun Khabar
बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु 

बैतडी –बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको पाटन नगरपालिका ६ डुङराकी ५७ बर्षीया जानकी लुहारको करेन्ट लागेर मृत्यु भएको हो । 

Atrya hospital

सोमबार दिउँसो साढे चार बजेको समयमा घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबीन तारमा भिजेका लुगा सुकाउनका लागि राख्ने क्रममा लुहारलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

करेन्ट लागेर गम्भीर घाइते भएकी जानकीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । 

लुहारलाई करेन्ट लागेपछि छुटाउन गएका सोही ठाउँका ३८ बर्षीया कलावती ओड, १२ बर्षीया पवित्रा ओड, १० बर्षीया भुवनेश्वर ओड र २२ बर्षीया सीता लुहार करेन्टको झट्का लागेर समान्य घाइते भएका छन् । उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरी निरीक्षक केसीले बताए ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

                                                                                                                                                                                    

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update