Sagun Khabar
कुशेऔंसीको अवसरमा जेष्ठ नागरिकलाई सिद्धेश्वर माविको सम्मान

बैतडी–बैतडीको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाले कुशेऔंसीको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ । 

आजै पिता सम्मान दिवस समेत परेकाले विद्यालयको सेवा क्षेत्रभित्र रहेका १४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए । उनीहरुलाई विद्यालयमै बोलाएर टीका, फूलमाला र ढाकाटोपी लगाएर सम्मान गरिएको अध्यक्ष भाटले बताए । 

Atrya hospital

सिद्धेश्वर माविले २०७३ सालदेखि हरेक बर्ष कुशेऔंसीका दिन बुवा र मातातीर्थ औंसीका दिन आमाहरुलाई सम्मान गर्दै आएको छ । 

जेष्ठ नागरिकहरु प्रतिको सम्मान बढाउन र विद्यार्थीहरुलाई जेष्ठ नागरिकप्रति सम्मानको संस्कार सिकाउन हरेक बर्ष यो कार्यक्रम गर्दै आएको विद्यालयले जनाएको छ । 

विद्यालयले किताबी ज्ञानमात्रै नभएर अन्य व्यवारिक ज्ञान दिनका लागि विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको छ । 

नमूना विद्यालयको रुपमा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाले राम्रो काम गरेकोमा जेष्ठ नागरिकहरुले धन्यवाद समेत दिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update