Sagun Khabar
दार्चुलाको नौगाड र मार्मामा फलेको स्याउ बजारमा पुग्यो 

दार्चुला –दार्चुलाको मार्मा र नौगाड गाउँपालिकामा फलेको स्याउ बजार पुगेको छ । अरु बर्ष असोजमा मात्रै स्याउ बजारमा आउने भएपनि जंगली जनावरको प्रकोप बढेपछि किसानहरुले समयम अघि नै टिपेर स्याउ बजारमा पुर्याएका हुन् । 

जंगली जनावरले उत्पादित स्याउ नोक्सान गर्न थालेपछि किसानहरुले स्याउ टिपेका कृषि ज्ञान केन्द्र दार्चुलाका कृषि अधिकृत चन्द्रबहादुर ठगुन्नाले बताए । 

Atrya hospital

दार्चुलाको व्याँस, अपिहिमाल, मार्मा, नौगाड र दुहुँ गाउँपालिकामा स्याउको राम्रो उत्पादन हुने गरेको छ । पछिल्लो समयमा यी पालिकाका किसानहरु स्याउ खेतीतर्फ आकर्षित भएका छन् । 

गत वर्ष १७० हेक्टर जमीनमा २ हजार २३० मेट्रिक टन स्याउ उत्पादन गरिएकोमा यस वर्ष १८८ हेक्टर जमिनमा स्याउ खेती गरिएको ठगुन्नाले बताए । यो बर्ष २ हजार ४७० मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । 

मार्मा र नौगाडको स्याउ प्रतिकिलो २ सय ५० रुपैयाँका दरले बजारमा आएको कृषि अधिकृत ठगुन्नाले बताए । अन्य पालिकामा फलेको स्याउ केहीदिनभित्रै बजारमा आइसक्ने उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update