Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोकाको सरुवा 

बैतडी– बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाको सरुवा भएको छ । गएको चैत १ गतेबाट सुर्नया गाउँपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत रोकाको डडेल्धुराको भागेश्वर गाउँपालिकामा सरुवा भएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । 

रोकालाई गएको फागुन ९ गते संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा खटाएको थियो । 

Atrya hospital

गाउँपालिकामा झण्डै ५ महिना काम गरेका रोकाको सरुवा भएपछि उनी गएको बिहीबार रमाना लिएर गइसकेका अध्यक्ष कुँवरले बताए । मन्त्रालयले उनलाई भदौ ७ गते सरुवा गरेको थियो । 

सुर्नया गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत को आउने भन्ने अझै टुंगो लागेको छैन् । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरुमा बाधा पर्ने देखिएको छ । 

पछिल्लो समयमा स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत लामो समय नबस्दा पालिकाका काम कारवाहीहरु प्रभावित हुने गरेका छन् । जनप्रतिनिधि र कर्मचारीहरुबीच समन्वय नहुँदा समस्या पैदा हुने गरेको कतिपयको बुझाइ रहेको छ । 

गाउँपालिकामा संघको अधिकृत प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update