Sagun Khabar
बैतडीमा भन्सार छलीका सामग्री बरामद 

बैतडी–बैतडीमा भन्सार छलीका सामग्री बरामद गरिएको छ । 

गोठलापानी–झुलाघाट सडक अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका –१० अदरपिण्डबाट भारतबाट भन्सार छलेर ल्याएका अवैध सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । 

Atrya hospital

शनिबार साँझ बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३१ हजार ८०६ रुपैयाँ बराबरको भन्सार छलीको सामग्री बरामद गरेको हो । 

बेवारिसे अवस्थामा राखिएको चिनी, मिश्री, खानेतेल, चप्पल लगायतका सामग्री बरामद गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

बरामद गरिएको उक्त सामग्री आवश्यक कारवाहीका लागि आज महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइने प्रहरी निरीक्षक पाण्डेयले बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update