Sagun Khabar
साढे चार किलो चरेशसहित बझाङका एकजना धनगढीमा पक्राउ 
Atrya hospital

कैलाली – साढे चार किलो चरेशसहित बझाङका एकजना धनगढीमा पक्राउ परेका छन् । 

बझाङको केदारस्युँ गाउँपालिका वडा नं ७ का ४२ बर्षीय जनक धामी चरेशसहित पक्राउ परेका हुन् । उनलाई वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले क्याम्पस चोक नजिकबाट पक्राउ गरेको हो । 

पक्राउ परेका धामीले बोकेको कालो झोलामा साढे चार किलो चरेश र ७५ हजार रुपैयाँ नगद फेला परेको छ । पक्राउ परेका धामीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update