Sagun Khabar
पञ्चेश्वरले बनायो स्थानीय पाठ्यक्रम कार्यान्वयनका लागि सन्दर्भ सामग्री 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनका लागि सन्दर्भ सामग्री प्रकाशन गरेको छ । गाउँपालिकाले गत बर्ष कक्षा १देखि ५ र कक्षा ६ देखि ८ को स्थानीय पाठ्यक्रम तयार पारेको थियो । 

स्थानीय बिषयवस्तु, स्थानीय परिवेश, स्थानीय सरकार, स्थानीय संस्कृति, भेषभुषा, भाषा र सामाजिक परिवेशका बिषयमा विद्यार्थीहरुलाई जानकारी दिनका लागि ‘हाम्रो पञ्चेश्वर’नामक पाठ्यक्रम तयार पारिएको थियो । 

Atrya hospital

उक्त पाठ्यक्रमलाई कक्षाकोठामा सहज रुपमा पठनपाठन गराउनका लागि सन्दर्भ सामग्री प्रकाशन गरिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । गाउँपालिकाभरीका सबै विद्यालयमा सन्दर्भ सामग्री पुर्याइसकिएको अध्यक्ष चन्दले बताए ।

विज्ञ समूह बनाएर गाउँपालिकाले शिक्षा शाखामार्फत सन्दर्भ सामग्री तयार पारेको हो । 

पञ्चेश्वर गाउँपालिकाभित्र ३५ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । ती सबै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम कार्यान्वयनका लागि सन्दर्भ सामग्री पुर्याइसकिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनका लागि सन्दर्भ सामग्री बनाउनु निकै राम्रो कुरा भएको नागार्चन मावि रन्तोलीका प्रधानाध्यापक गणेशसिंह भण्डारीले बताए । यसले पाठ्यक्रममा भएका बिषयवस्तु बालबालिकालाई बुझाउन सजिलो हुने उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update